२०८२ जेष्ठ ११ गते शुक्रवार

चट्याङले दुई छात्रासहित तीन किशोरी बेहोस


दाङ, माघ ९ ।
दाङमा चट्याङ्ले दुईजना स्कूले छात्रासहित अर्की एक महिला बेहोस भएका छन् । मंगलबार ४ बजेतिर बबई गाउँपालिका वडा नम्बर ५ पदमपुरस्थित जनकल्याण मावि निजकै टेलिफोनको पोलमा चट्याङ पर्दा दुईजना छात्रा बेहोस भएका छन् । दाङ जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्तीले विद्यालयमा कक्षा १० मा अध्यनरत १५ बर्षीया सिया वली र १६ बर्षीया पार्वती शर्मा बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
त्यही चट्याङले गर्दा बबई गाउँपालिका वडा नम्बर १ गंगटे घर भइ पदमपुरमा डेरामा बस्दै आएकी १६ बर्षीया पूर्णकली ऐरीसमेत बेहोस भएको प्रहरीले जानकारी दिएको छ । तीनैजना किशोरीहरुको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच मंगलबार बेलुका पौने सात बजेतिर परेको चट्याङले लागेर घोराही उपमहानगरपालिका वडा नम्बर ९ दुविचौरमा मन्दिर चौधरी र करवीर चौधरीको १÷१ वटा राँगा मरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *