२०७७ फाल्गुन २४ गते सोमवार

दाङ बाट काठमान्डौं जाँदै गरेको बस दुर्घटना, ४ जना घाइते

दाङ, माघ ९ । दाङ बाट काठमान्डौंका लागि छुटेको साहारा यातायात प्रालीको बस कपिलबस्तु जिल्लामा दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । साहारा यातायात प्रालीको तुलसीपुर बाट काठमान्डौंको लागि छुटेको ना ६ ख ३९७२ नम्वरको बस पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवराज नगरपालिका वडा नं. १ स्थित पिपलको रुखमा ठोक्किएको छ ।

बुधवार विहान सवा ९ बजेतिर विपरित दिशा बाट आउँदै गरेको रा १ ख ८५० नम्वरको टिप्परलाई साईड दिने क्रममा बस पिपलको रुखमा गएर ठोक्किएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

घाइते चारै जनाको अवस्था सामान्य रहेको तथा उनीहरु स्थानीय अस्पतालमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ । टिप्परका चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *