२०८१ भाद्र २३ गते आइतवार

घुस लिएको आरोपमा कर्मचारी पक्राउ

नेपालगञ्ज, माघ ८  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार मालपोतका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।

 

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *