२०८१ चैत्र ६ गते बुधवार

‍सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डौ,फागुन ६ । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गरे ।

उनले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गरे । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।

अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ ।

प्रधानमन्त्री देउवाले अस्ति बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *