दाङ, माघ ८ । तुलसीपुर बाट विभिन्न घरमा तोडफोड र चोरी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । थप एकजना भने मोटरसाईकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसी प्रेमबहादुर शाहीले तुलसीपुर बजार र आसपासको क्षेत्रमा केही समययता हुँदै आएको घर तोडफोड तथा चोरीमा संलग्न रहेका चारजनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ पर्ने सबै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा निवासी थारु समुदायका युवाहरु रहेका छन् । डिएसपी शाहीले सोमवार दिउँसो २ बजेतिर खर्चवा गाउँ निवासी ३६ बर्षीय गुरुप्रशाद चौधरी, २० बर्षीय कृष्ण चौधरी, २० बर्ष कै सचिन चौधरी र १५ बर्षीय नाम परिवर्तन (सुमनबहादुर चौधरी) पक्राउ परेको जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेको यो समुहले घरमा कोही नभएको मौका छोपी नगद तथा सुनका गरगहना चोरी गर्दे आएका थिए । पक्राउ परेका व्यक्तिहरुको घर तथा कोठा खान तलासी गर्दा नगद तथा सुनका गरगहना,मोवाई, क्यामेरा लगाएतका ५ लाख मुल्य बराबरका चोरीका सरसामान फेला पारिएको डिएसपी शाहीले जानकारी दिए । गोप्य सूचनाको आधारमा सुरुमा चोरी कार्यमा संलग्न भएको आशंका आधारमा प्रहरीले कृष्ण र सचिनलाई पक्राउ गरेपछि उनीहरुले नै अन्य दुईजना समेत घर तोडफोड र चोरी कार्यमा संलग्नहरुको नाम खुलाएको प्रहरीले बताएको छ ।
कृष्ण र सचिन साउनमा धरौटीमा रिहा भएका व्यक्ति
हाल विभिन्न घरहरुमा चोरी गरेको अभियोगमा पक्राउ परेका व्यक्तिहरु मध्य कृष्ण र सचिन साउन १६ गतेपनि त्यही अभियोगमा पक्राउ परेका थिए । त्यतिबेलाका प्रमुख प्रकाश सापकोटाकोले खर्चवा गाउँमा खान तलासी गर्दा दर्जन बढी चोरीका एससिडी, कम्युटर, ल्यापटप, सुनका गरगहना बरामद गरेका थिए ।
उनीहरुका विरुद्ध विभिन्न घर तोडफोड गरि नगद गरगहना, ल्यापटप, क्यामेरा, एलसिडी लगाएका सामाग्री चोरी गरेको अभियोगमा चोरी मुद्दा शिर्षकमा मुद्दा समेत दर्ता भएको थियो । उक्त मुद्दामा उनीहरु ३ लाख ५२ हजार धरौटीमा रिहा भएको ईप्रका तुलसीपुरले जानकारी दिएको छ । हाल घर तोडफोड र चोरी अभियोगमा पक्राउ परेका चारै जना विरुद्ध प्रहरीले डाँका चोरी शिर्षकमा मुद्दा चलाउने तयारी गरिएको जानकारी दिएको छ । झन्डै एक महिनाको अवधिमा उनीहरुले तुलसीपुर क्षेत्रमा एक जर्दन जति घरहरुमा चोरी गरेको आशंका गरिएको छ ।
मोटरसाईलक चोरीको अभियोगमा पक्राउ
ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाईकल चोरीको अभियोगमा खर्चवा निवासी २० बर्षीय तिलक चौधरीलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ । चौधरी माथि तुलसीपुर उपमहनगरपालिका वडा नं. ७ तमाखे निवासी ४० बर्षीय छविलाल भण्डारीले आफ्नै घरमा राखेको भे ५ प ५३६७ नम्वरको मोटरसाईकल चोरी गरेको अभियोग लागेको छ । असोज १८ गते राति ११ बजेको समयमा चौधरीले मोटरसाईकल घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी गरेको भन्ने खुल्न आएको डिएसपी शाहीले जानकारी दिएका छन् । मोटरसाईकल चोरी गरे लगतै चौधरीले नम्वर परिवर्तन गरि चलाउँदै आएका थिए । मोटरसाईकल चलाई रहेका चौधरी संग आवश्यक कागजात माग्दा फेला नपरेपछि संका लागेर अनुसन्धान गर्दा त्यो मोटरसाईकल चोरीको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।