२०८१ माघ ३० गते बुधवार

हिमपातले जनजीवन प्रभावित  

रुकुम, (पूर्व) माघ ८। चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमाली जिल्ला रुमुक (पूर्व) को उच्च हिमाली बस्तीमा हिमपात हँुदा जनजीवन कष्टकर बन्दै गएको हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्रमा हिमपातका साथै चिसो बढेकाले दैनिक कामकाजमा समस्या आएको छ ।

रातभर भएको हिमपातले बस्तुभाउलाई चरण क्षेत्रको अभाव भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए ।

हिमपातकै कारण पुथा उत्तरगङ्गा गाउँपालिकामा सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् । हिमपात भएसँगै बिहानै घाँस दाउरा गर्ने स्थानीयवासी जीवन यापनमा कठिन भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताए । अहिले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएकाले चिसोबाट बच्न उनीहरूले दाउरा बालेर बसिरहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *