२०८३ भाद्र १२ गते शुक्रवार

६ महिनामा १२ सय ८६ जनाले लिए प्रसुति सेवा

तुलसीपुर,माघ २७ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बाह्र सय बढिले प्रसुती सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा अस्पतालबाट १ हजार २ सय ८६ जनाले प्रसुती सेवा लिएको अस्पतालले जनाएको छ ।

प्रसुती वार्डका ईन्चार्ज किरण भण्डारीका अनुसार यस अवधिमा सामान्य,अप्रेसन र जटिल गरी तिन किसीमको प्रसुती सेवा प्रवाह गरिएको छ ।

अस्पतालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन देखी पुस मसान्त सम्ममा ९ सय ८१ जनाले सामान्य र १ सय ७६ जनाको शल्क्रिया मार्फत प्रसुती सेवा लिएका छन ।

त्यस्तै १२९ जनाले प्रविधिको प्रयोगबाट प्रसुती सेवा लिएका हुन ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *