बाँके,माघ २३ । बाँकेमा आइतवार थप १३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बाँकेमा आइतवार थप ५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
जुन ४१।९४ प्रतिशत हो । यसमा बाँकेका मात्र ६ जना छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या ४११ छ ।
भेरी अस्पताल ल्याब र मेडिकल कलेज कोहलपुर ल्याबमा पछिल्लो २४ घण्टामा ३१ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
भेरीमा १० नमुना जाँच्दा ६ र मेडिकल कलेजमा २१ मा ७ नमुनामा ३ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ३७ जना उपचाररत छन् । ती मध्ये ३४ जना मध्यम, २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।
यस्तै जमुनाहा नाकामा ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना पोजिटिभ देखिएको फोकल पर्सन वलीले जानकारी दिए ।