२०८३ असार २७ गते शनिवार

प्युठानको गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार रुपैयाँ दिइने

प्युठान,माघ २३ । शनिवार प्युठानमा भएको जीप दुर्घटनामा गौमुखी गाउँपालिकाका सात जनासहित आठ जनाको ज्यान गएको शोकमा आज आइतवार गाउँपालिकाले शोक बिदा दिएको छ ।

हिजो नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर फर्कँदै गरेको जीप लिवाङको ओखरपाटा नजिकै दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात जना र नौबहिनी गाउँपालिकाकी एक युवतीको ज्यान गएको थियो ।

दुर्घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको भन्दै आज बिदा दिइएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

यस्तै गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाका आफन्तलाई प्रति मृतक ५० हजार रुपैयाँका दरले राहत रकम दिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *