२०७७ कार्तिक १२ गते बुधवार

काँग्रेस नेता गिरीले गरे ५१ हजार दान

दाङ, माघ ६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले अश्वारा माविको शैक्षिक विकासका लागि ५१ हजार दान गरेका छन् ।

जारी शैक्षिक तथा धार्मिक महोत्सवमा उनले आइतवार ५१ हजार रुपैंया दान गरेका हुन । बिद्यालयको बिकासको लागि आयोजित महोत्सवमा पुर्ब सिंचाइ मन्त्री गिरीले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरण शाहलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

महोत्सवमा आइतवारका प्रमुख अतिथि गिरीले उक्त रकम हस्तान्तरण गर्दै शैक्षिक बिकास बिना समग्र मुलुकको बिकास हुन नसक्ने बताए । साथै उनले समग्र दाङको शैक्षिक तथा समग्र बिकासका लागि हिजोका दिन जस्तै लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेता गिरीले विद्यालयको शैक्षिक विकाशमा टेवा पुगोस भनेर ५१ हजार आर्थिक दान गरेको प्रति तुलसिपुर ८ का वडा अध्यक्ष बेदु केसी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किरण शाहले खादा र माला लगायर सम्मान व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *