
तुलसीपुर,माघ २१ । दाङको तुलसीपुरमा मोर्डना खोप लगाउन छुटेका विद्यार्थीहरुलाई खोप कार्यक्रम सुरु गरिएको छ ।
विद्यालयहरुमा खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरसम्म्का विद्यार्थीहरुलाई आज अन्तिम दिन खोप कार्यक्रम सुरु गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका परिसर , मेट्रो अस्पताल, तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का बाँकी विद्यालयमा खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
केसीका अनुसार आज छुटेका अनुमानित ७ सय विद्यार्थीहरुलाई मोर्डना खोप दिइने छ । बिहान ११ बजे देखि सुरु भएको खोप कार्यक्रम दिउंसो चल्ने छ ।
यसैबिच कुनै पनि खोप नलगाएका १८ वर्ष माथीका व्यक्तीहरुका लागि मेट्रो अस्पताल, तुलसीपुर उपमहानगरपालिका वडा नं १७ र हेमनगर स्वास्थ्य केन्द्रमा पहिलो खोप कोविसिल्ड सञ्चालन गर्न लागेको फोकल पर्सन केसीले जानकारी दिए ।
उनले तुलसीपुरमा हालसम्म २४ हजार ८ सय ६५ जनालाई खोप लगाइएको बताए ।
