२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुुर बाट चार जुवाडे पक्राउ

दाङ, माघ ६ । तुलसीपुर बाट फेरि चारजना जुवाडे पक्राउ परेका छन् । शनिवार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ग’ लाईनमा रहेको न्यू हरियाली रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपु्रका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले उनीहरुको साथवाट नगद ८८ हजार २ सय ६० र एक गड्डी तास बरामद गरिएको जानकारी दिएका छन् ।

पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन अन्तरगत मुद्दा दर्ता भइ आवश्यक कारवाहीको अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । यही हप्ता मात्रै तुलसीपुर बसपार्क स्थित एक होटेलमा झन्डै एक दर्जन जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथ बाट झन्डै एकलाख रुपैंया वरामद भएको थियो ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *