२०७७ माघ ९ गते शुक्रवार

बंगलाचुलीमा आगलागी बाट लाखौंको क्षति

दाङ, माघ ६ । दाङको बंगलाचुलीमा आगलागी बाट लाखौंको धनमाल जलेर नष्ट भएको छ । शनिवार दिउँसो २ बजेतिर बंगलाचुली गाउँपालिका वडा नं. ७ श्रीखर्क निवासी देवराज पुन र उनको छोरा गोपाल पुनको घर कोठमा आगलागी हुँदा झन्डै १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले दिएको जानकारी अनुसार देवराज पुनको घरमा आगलागी हुँदा लत्ताकपडा, सुन र अन्तपात समेत गरि ६ लाख ८० हजार बराबरको क्षति भएको र उनका छोरा गोपाल पुनको घर गोठमा आगलागी बाट नगद २ लाख ५० हजार, सुन अन्तपात समेत गरि ७ लाख ९३ हजार बराबरको क्षति भएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *