
टेकबहादुर पुन,दाङ,माघ १५ । लमही नगरपालिका वडा नम्बर ७ बंगैमा नगर स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शनिबार भवनको बिधिवत सिलन्यास गरेका हुन ।
आर्थिक बर्ष २०७८/०७९ को ८५ लाख रुपैयाको लागतमा भवन निर्माण हुन थालेको हो । वडा स्तरिय नगर स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा सेवा प्रबाहमा केही समस्या थियो । भवन नभएपनि केन्द्रले स्थानिय सामुदायिक बनको भवनबाट सेवा दिँदै आईरहेको थियो ।
अब भने आफ्नै भबनबाट सेवा दिन थालेपछि सेवा प्रवाह प्रभावकारी रहने बिश्वास गरिएको छ ।
पुर्ब पश्चिम राजमार्ग देखि दक्षिण भित्रमा रहेका बंगै, कमानपुर, हसनापुर लगायतका बस्तीहरु केही बिकट मानिन्छन । यस क्षेत्रका स्थानिय सामान्य उपचार बाहेक अन्य उपचारका लागि लमही पुग्नुपर्ने बाध्यता थियो ।
त्यो बाध्यतालाई अन्त्य गर्न यस क्षेत्रमा स्वास्थ्य भवन अति आबस्यक थियो । सोही अनुरुप सँरचनाको काम अगाडि बढाईएको वडाध्यक्ष मोहन गिरीले बताए । आफ्नै सरचंना निर्माण भए लगत्तै दक्ष जनशक्ती सहित सेवाको स्तरबृद्दी गरिने वडाध्यक्ष गिरिको भनाई छ ।
स्वास्थ्य केन्द्रको भवन बन्न थालेपछी स्थानीयमा खुसी छाएको छ । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रका निम्ति बन्दै गरेको भवनले स्थानियमा आशा जगाएको छ ।
अहिले जमिन लेबल फाउण्डेसनको काम भईरहेको छ । आगामी असार मसान्त सम्ममा काम सक्ने गरि सिजल निर्माण सेवा घोराहीले काम शुरु गरेको हो ।
