२०८२ माघ १ गते बिहिवार

बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने

काठमाण्डौ,माघ १५ । कोभिड-१९विरुद्ध दोस्रो वा बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउन नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने निर्णय गरेको हो ।

डब्ल्युएचओ एसएजीई (स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन) को माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार ६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्डर एस्ट्राजेनेका, मोर्डनारफाइजर वा भेरोसेल खोपल लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

विदेशमा पहिलो मात्रा कोभिसिल्डरएस्ट्राजेनेकारभेरोसेलरमोर्डनार फाइजर खोप लगाएकाहरुको हकमा दोश्रो मात्राको रूपमा कोभिसिल्डरएस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय भएको मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका नर्सिङ्ग अधिकृत लक्ष्मी मरासैनी आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *