२०८१ भाद्र २७ गते बिहिवार

महायज्ञमा १२ लाख रकम दान संकलन

घोराही, ५ माघ ।
घोराही उपमहानगरपालिका वडा नम्बर–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाउँको आयोजनामा बिहीबारदेखि घोराहीमा सुरु भएको महायज्ञमा १२ लाख रकम दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधान्याञ्चल विराटनवाह ज्ञानमहायज्ञ–२०७५ मा तेस्रो दिनसम्म १२ लाख २६ हजार ६ सय ६ रुपैयाँ दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेको छ । केन्द्रले महायज्ञको तेस्रो दिन शनिबार उक्त रकम दान गरेको हो । जसमा सञ्चालक समितिका अध्यक्ष कल्पना न्यौपाने सहित सञ्चालक समिति र कर्मचारीको समूह महायज्ञमा पुगेर रकम दान गरेको थियो । महायज्ञमा तेस्रो दिनको प्रमुख अतिथि सामुदायिक महिला सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने रहेकी थिइन् ।

महायज्ञमा तेस्रो दिनसम्म महायज्ञका निर्देशक प्रा.डा. अर्जुनकुमार बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, विद्यालयका पूर्व विद्यार्थी एवं जिल्ला न्यायाधीश लिलाराज अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, विद्यालयका पूर्व शिक्षक घोराही १३ का तोजबहादुर बुढाथोकीले ५५ हजार ५ सय ५५ रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का रविलाल घर्तीले ५१ हजार १ सय ५ रुपैयाँ दान गरेका छन् । यस्तै महायज्ञका आर्थिक समिति संयोजक भुपाल गिरीले ३१ हजार १ सय १५, विद्यालयका प्रधानाध्यापक बाल्मी केसीले ३१ हजार १ सय १५, साजिदा सिद्दिकीले २५ हजार ५ सय ५५, विष्णुप्रसाद भारतीले २५ हजार ५ सय ५५, नेपाल निवृत्त राष्ट्रसेवक समाज दाङले ११ हजार २५, गोरक्ष रत्ननाथ मावि चौघेराले १५ हजार १ सय ६५ रुपैयाँ दान गरेको आर्थिक समितिका केशव गिरीले जानकारी दिए ।

यसैगरी घोराही १५ का कल्पना कार्कीले ३१ हजार ५ सय ५ रुपैयाँ, घोराही १४ का गोपाल शर्माले २५ हजार, घोराही १४ का भूपनारायण श्रेष्ठ र बुद्धकुमारी श्रेष्ठले २१ हजार ७ सय ७५ रुपैयाँ नगद दान गरेका छन् । यस्तै घोराही १५ का अनिलकुमार न्यौपानेले १५ हजार १ सय ५१ शुभलक्ष्मी बचत समूह घोराही १५ ले ११ हजार १ सय ५१, राप्ती अञ्चल बजार प्रतिनिधिले ११ हजार १ सय ११, घोराही १३ का गोपाल गिरीले १५ हजार ५ सय ५५, जागृती टोल विकास संस्था घोराही १३ ले ११ हजार २ सय ५० दान गरेका छन् । महायज्ञमा घोराही १५ का धलकुमारी पौडेल र घोराही १३ का थम्मन गिरीले शनिवार तुलादान गरेको प्रचार महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिए ।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहेका छन् । महायज्ञमा दैनिक धार्मिक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी प्रदर्शन र धार्मिक नाटक हेर्न र सुन्नका लागि भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । महायज्ञमा बालबालिकादेखि जेष्ठ नागरिकहरु नाच्दै दान गर्दै गर्ने गरेका छन् । विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक प्रा.डा. अर्जुनकुमार बुढाथोकीले सम्पूर्णमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *