काठमाडौं,माघ २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ५८१६ पिसिआर परीक्षणबाट र २२०१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
ष्लखयतभअज
पछिल्लो २४ घन्टामा ५२९२ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यसैबिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।
