२०८३ बैशाख १३ गते आइतवार

भेरी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

बांके,माघ १३ । कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ। पचालझरना–१ कालिकोट निवासी ६० वर्षीया महिलाको मृत्यु भएको हो। यसअघि बुधबार पनि दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो।

नेपालगन्ज मेडिकल कलेजमा यही माघ ९ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि माघ १० गते भेरी अस्पतालमा भर्ना भएकी थिइन्।

स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार (आज) बिहान ३ः५५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

यो संगै जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका ४ सय ४० जनाको मृत्यु भएको छ। यस्तै संक्रमणबाट बाँकेका मात्रै ३ सय ४६ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ। कोरोना संक्रमण बढेसँगै भेरी अस्पतालमा संक्रमित बिरामीको चाप बढेको छ।

बाँकेमा कोरोना संक्रमितको लागि भेरी अस्पतालमा मात्र उपचार गर्ने गरिएको छ।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *