२०८१ माघ ३० गते बुधवार

बस दुर्घटनामा सातजना गम्भीर घाइते


तुलसीपुर, ५ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरीमा भएको बस दुर्घटनामा घाईते भएका ७ जनाको कोहलपुर रिफर गरिएको छ । शनिबार दिउसो १ बजेतिर तुलसीपुरबाट दमारगाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको मिनीबस दुर्घटना हुँदा घाईते भएका २५ जना यात्रु घाइते भएका थिए । घाइते यात्रुमध्ये सातजनाको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २२ वर्षिय आशा विक, तुलसीपुर उपमहानगरपालिका–१९ बस्ने १९ वर्षिय गिरा थापा, तुलसीपुर उपमहानगरपालिका–१९ बस्ने ४६ वर्षिय माया पुरी, तुलसीपुर उपमहानगरपालिका–११ बस्ने, ५५ वर्षिया गीता मल्ल, तुलसीपुर उपमहानगरपालिका–११ बस्ने ५३ वर्षिय राधा मल्ल, तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २२ वर्षिय मिना वली, तुलसीपुर उपमहानगरपालिका–११ बस्ने ६६ वर्षिय केशव डाँगीलाई नेपालगंज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

अन्य १८ जनाको भने राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार पनि ‘डिस्चार्ज’ गरिएको छ । चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *