२०८१ बैशाख ११ गते मङ्गलवार

यसरी भएको थियो, विजौरीमा सामुहिक बलात्कार काण्ड

दाङको बिजौरी बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी

दाङ, माघ ५ । दाङको बिजौरी बलात्कार काण्डका मुख्य दोषीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ बर्षीय विष्णु चौधरीलाई १० बर्ष पहिलेको सामुहिक बलात्कार काण्डको मुख्य दोषी अदालतले ठहर गरेको थियो । सर्बोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामुहिक बलात्कार काण्डको मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ बर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको छ । तर चौधरी राजनीतिक शक्तिको आडमा हालसम्म पक्राउ परेका थिएनन् ।

नशालु पदार्थ ख्वाएर रातभर ‘ग्याँङ रेप’
गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी १७ बर्षीया कल्पाना खनाल २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफ्नो अंकल अन्टीको घरबाट तुलसीपुर हुँदै घोराही फर्कर्दै थिइन । खनाल महेन्द्रबहुमुखी क्याम्पस घोराहीमा प्लटूमा अध्यनरत थिइन । त्यो दिन तत्कालिन नेकपा माओवादीकै भातृ संगठन अखिल क्रान्तिकारीले नेपाल वन्द आह्वान गरेको थियो । तुलसीपुरदेखि केही पश्चिम पर्ने शान्तिनगर गाउँवाट उनी तुलसीपुर बजारसम्म आएपछि मात्रै नेपाल वन्दवारे जानकारी खनाललाई भयो ।

साँझ पर्दै थियो अब त बन्द खुल्ला भन्ने आशमा उनी थिइन । त्यसैले एकजना व्यक्ति संग साईकलमा लिफ्ट मागेर उनी तुलसीपुर पूर्वको ५ किलोमिटर विजौरी सम्म पुगिन । कति बेला मोटर गाडि चल्लान र घोराही जान पाउँला भन्ने प्रतिक्षामा खनाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित संस्कृत विश्व विद्यालय नजिकैको बस विसौनी प्रतिक्षालयमा बसेकी थिइन । सूर्य अस्ताउने तरखर गर्दै थियो ।

चौतारोमा खनाललाई बसेको देखेपछि अदालतले मुख्य दोषी ठहर गरेका चौधरी लगाएका युवाहरुले एक छिनमा बस चल्छन् नआत्तिनुहोस बस नपाए हामी घोराही पुर्याइदिमला भन्दै अलमल्याए । केही बेरमै उनीहरुले खनाललाई चिसो खान कर गरे । उनले नखाने अडान लिइन । अन्त्यमा फ्रुटी खान आग्रह गरेपछि उनले त्यो स्वीकार गरिन । तर त्यसमा नशालु पदार्थ मिसाईएको थियो ।

त्यो खानासाथ उनीलाई त्यसले लठ्यायो । त्यसपछि उनीहरुले नजिकैको एउटा ढ्याब्ली फोडे । खनाललाई त्यही ढ्याब्लीमा लगे । रातभर सामुहिक बलात्कार गरे । उक्त सामुहिक बलात्कारको दोस्रो दिन खनाल बाटोमा मानसिक रुपमा विछिप्त भइ हिडिरहेको देखेपछि स्थानीय एकजना चिनजानकी महिलाले प्रहरीलाई खवर गरिन । प्रहरीले उनलाई लगेर राख्यो । खनालका बुवा शिक्षक थिए ।

बुवा कपिलदेव खनाल जुम्ला जिल्लामा थिए । घटना सुनेपनि उनी त्यति टाढा बाट आउन सकेनन् । भतिजा बिकास बुढाथोकीलाई विजौरी चौधीले कल्पना खनालमाथि भएको सामुहिक बलात्कार काण्डवारे बतायो । उनी तत्काल आएर बहिनीलाई सोधपुछ गरे । मेडिकल रिपोर्टमा बलात्कारको पुष्टि भयो । तर उक्त काण्डपछि कल्पना खनाल मानसिक रुपमा विछिप्त जस्तै भइन । डिप्रेसनमा परिन । उनलाई बाँके जिल्ला र लखनउ सम्म परिवारले उपचारको लागि पुर्याए । त्यही क्रममा घटना भएको ८४औं दिनका दिन कल्पना खनालको मृत्यु भयो ।

त्यही सामुहिक बलात्कार काण्डमा माओवादी निकटका अखिल क्रान्तिकारीका नेता विष्णु चौधरीलाई अदालते मुख्य दोषी भएको फैसला गर्यो । चौधरी पछिल्लो समय काठमान्डौंमा लुकिछिपी बस्दै आएका थिए । तर माघी मान्न दाङस्थित घर आएको अवस्थामा प्रहरीले चौधरीलाई माघ ३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिएका छन् ।

उक्त बलात्कार काण्डमा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेका छन् । भने थप एक जना मोहन पुन फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । बलात्कार काण्डमा मुख्य दोषी मानिएका विष्णु चौधरीले यसअघि संस्कृत विश्वविद्यालयका पदाधिकारी माथि आक्रमण गरेको र विश्व विद्यालयको सम्पत्ति तोडफोड तथा चोरी गरेको अभियोग बारे पनि अनुसन्धान जारी रहेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *