२०८२ जेष्ठ १३ गते आइतवार

विभिन्न केमिकल सहित एकजना पक्राउ

दाङ, माघ ३ । दाङ प्रहरीले विभिन्न प्रकारका रसायनसहित एकजना युवालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ मा डेरागरी बस्ने पर्वत जिल्लाको आरथर नगरपालिका वडा नं. ९ निवासी २७ बर्षीय अमृत सुनार विभिन्न किसिमका रासायनिक पदार्थ सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

सुनारले आफ्नो कोठामा विभिन्न किसिमका केमिकलको मिसावट गरी अमिलो पदार्थ चुक तयार गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ गरिएका रसायनहरु –
 ऋक्ष्त्च्क्ष्ऋभ् ब्ऋक्ष्म् लेखिएको २५ के.जि.को वोरा थान- २
 मिश्रीत पदार्थको झोल राखिएको प्लाष्टिकको कालो ड्रम थान –  ३
 घोलमा मिसाउने रङ डिव्वा थान – ४
 मिश्रीत पदार्थ राख्न प्रयोग हुने प्लाष्टिकको पहेलो रङको ग्यालेन थान – २५
 मिश्रीत घोल वनाउन प्रयोग गरिने प्लाष्टिकको वाल्टिन र जग थान – १ र १
 सेतो वेकरी पीठोको धुलो – २ के.जी.

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *