दाङ, माघ ३ । मेलामा महिलाको घाँटी बाट सुनको सिक्री लुटेका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । माघ १ गतेका दिन घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रकुने दहको मेलामा महिलाको घाटीको सनुको सिक्री लुटेरा दुईजना युवा पक्राउ परेका छन् ।
घोराही १६ निवासी ५१ बर्षीया पन्चमाया बुढाको घाँटीमा लगाएको ३.५ तोलाको सुनकमो सिक्री लुट्ने बीरगंज महानगरपालिका वडा नं. ३२ निवासी २१ बर्षीय मुशे यादव र १६ बर्षीय प्रदिप यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले मेलामा महिलोको सिक्री लुटेर फरार उनीहरुलाई प्रहरीले पिछा गर्दै पक्राउ गर्न सफल भएको जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिमको बगलीमारी कसुरमा मुद्दा चलाउने एसपी पाण्डेले बताए ।