टेकबहादुर पुन,दाङ, माघ ६ । पहिले भन्दा कोरोना भाईरसको त्रास केही कम त भयो । तर पुरै निर्मुल भने हुन सकेको छैन । कोरोना भाईरसको सन्त्रास हराउन नपाउँदै ओमिक्रोनको सँक्रमणले फेरि जनता अत्तालिएका छन ।
दुईदुई ओटा खतरनाक भाईरस सँग सामना गर्नुपर्ने बाध्यात्मक प्रस्थिती त छदैछ । तर पनि दिनानुदिन मास्क प्रयोगमा केही कमि भने देखिएको छ ।
सँक्रमण फैलिन नदिन सजिलो उपाए नै हो मास्कको प्रयोग । तर आफुले मात्र मास्क लगाएर हिँडडुल गर्दा सँक्रमण बाट बाँचे भनेर ढुक्क भने हुन सकिँदैन । त्यसको अर्को उपाए हो अरुलाई पनि मास्क प्रयोगमा प्रेरित गरेर शिक्षा बाँड्ने ।
यसै सन्दर्भमा सँक्रमण फैलिन नदिन दाङको लमहीमा “म पनि मास्क लगाउँछु अनि अरुलाई पनि लगाउन प्रेरित गर्छु” भन्ने अभियान नै शुरु गरिएको छ ।
जिल्लामा भाईरसको संक्रमण तिब्ररुपमा बढिरहेको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा झन संक्रमण फैलिन सक्ने भन्दै लमही चेम्बर अफ कमर्सले यस्तो अभियानको शुरुवात गरेको हो । अभियान अन्तरगत वडा प्रहरी कार्यालय लमहीको सँमन्वयमा लमही बजारका विभिन्न स्थानमा नि:शुल्क मास्क बितरण पनि गरिएको छ ।
मास्क नलगाएका हरुलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउन र अरुलाई पनि लगाउनु पर्ने सुझाब दिन आग्रह गरिएको थियो । पछिल्लो समय मास्कको प्रयोगमा कमि देखिएको र जसले गर्दा संक्रमण बढ्न सक्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम थालिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले बताए ।
