२०८३ जेष्ठ ३१ गते आइतवार

एकै दिन १० हजार २ सय ५८ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं,माघ ४ । पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना निको भएका छन् । यो सहित कोरोना सङक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ जना पुगेको छ । यस्तै थप एक जना सहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार एक सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *