तुलसीपुर, माघ १ । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर– ९ दोघरे परिसरमा निर्मित योगा हलको उद्घाटन गरिएको छ ।
सातौ राष्ट्रिय योग दिवसको अवसरमा तुलसीपुरका मेयर घनश्याम पाण्डेले हलको उद्घाटन गरेका हुन ।
त्यस क्रममा उनले सर्वाङ्गीन विकासका लागि योग, ध्यान र भोजनमा ध्यान दिन जरुरी रहेको बताए ।
‘दूध, दही, हरियो साग खानुस भन्दै घर–घरमार जाँदा समेत मान्छेले किन्दैनन्,’ मेयर पाण्डेले भने ‘तर, खान नहुने कुरा जाँड रक्सी लुकिलुकी भट्टी पसलमा गएर किनेर खान्छन् ।’
खानेकुरा किन्नुस भन्दै घरघर जाँदा पनि नकिन्ने र खाननहुने कुरा खोजीखोजी किनेर खाँदा शरिर बग्रियो उनले बताए ।
‘बानी पनि बिग्रियो । घरमा अशान्ति र कलह पनि भयो,’ पाण्डेले भने ‘ऋषीमुनिका सन्तान शिसीमुनि बाटमाथि उठ्नुपर्ने छ।’
सर्वाङ्गीन विकासका लागि सकारात्मक सोच र विचारको आवश्यकता जरुरी पर्ने उनले बताए ।
बनीनाउँ भन्दा आफ्नै भान्छामा पाकेकेको रोटी र ढिंडोको प्रयोगमा जोड दिन मेयरको आग्रह छ ।
अल्छि नमानेर योग, ध्यान गर्न आग्रह गर्दै उनले त्यसले मानिसलाई निरोगी बनाउन मद्दत गर्ने धारणा राखे ।
अस्पताल विकास समितिका अध्यक्ष नारायणकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद चिकित्सालय योग केन्द्र प्रमुख ओझ खड्का, योग प्रशिक्षक योगेन्द्रबहादुर शाह लगाएतले कार्यक्रममा मनतब्य राखेका थिए ।