२०८१ फाल्गुन ७ गते बुधवार

लमहीमा एकैदिन सवारी दुर्घटनामा २ जनाको मृत्यु

शिवु खनाल,
दाङ, माघ २ । दाङको लमहीमा फरक÷ फरक दुर्घटनामा परि एकै दिन दुईजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । लमही नगरपालिका वडा नं. ६ देउपुुरमा रा २ प १५४३ नम्वरको मोटरसाईकल दुर्घटना हँुदा लमही ५ का २७ बर्षीय नारायण खनालको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी मोटरसाईकलको पछाडि सवार लमही ३ फल्कापुर निवासी २७ बर्षकै नारायण पौडेल घाइते भएका छन । पौडेलको लमही अस्पतालमा उपचार भैरहेको छ ।

गम्भीर घाइते खनालको भने उपचारको क्रममा लमही अस्पतालमा मंगलवार साँझ सवा ८ बजेतिर मृत्युु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । तीव्र गतिका कारण अनियन्त्रित भइ मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

मंगलवार नै लमही ५ रातोडाँडामा जीपको ठक्करबाट ७ बर्षीय हेमन्त मल्लको मृत्यु भएको थियो । बाजुराको फैती गाउँपालिका वडा नं. ३ घर भइ हाल लमहीमा बस्दै आएका मल्लको लु १ च ८०४१ नम्बरको जीपको ठक्कर बाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *