२०७७ कार्तिक १४ गते शुक्रवार

तुलसीपुरको एक घरबाट साढे ४ लाख बराबरको धनमाल चोरी

सुशील बस्नेत,
दाङ,माघ २ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ शिखरकोलनीको एक घरमा चोरी भएको छ । चुडामणी वलीको घरबाट गएराति साढे चारलाख बराबरको धनमाल चोरी भएको छ । तुलसीपुरको वडा नं. २ मनिकापुरको घरबारीमा तारजाली लगाउन भनी वलीले आफ्नो घरमा राखेको ३० क्विन्टल तारजाली खरिद गर्नको लागि राखिएको २ लाख रुपैंया,उनकी पत्नी पार्वती वलीको ८ आनाको औठ्ठी,डेढ तोलाको सिक्री चोरी भएको चुडामणिका पिता ज्ञानबहादुर वलीले जानकारी दिए ।

त्यस्तै माघी मान्न माइती आएकी कान्छी छोरी बेलमती वलीको २ तोलाको सिक्री र ३ आनाको औंठीपनि चोरी भएको जानकारी दिइएको छ । नन्द भाउजुको गरि ४ तोलाका गरगहना चोरी भएको वलीको पारिवारीक स्रोतले बताएको छ । ४ तोला सनका गरगहना र नगद २ लाख समेत गरि कुल ४ लाख ४४ हजार बरबरको धनमाल चोरी भएको वली परिवारले बताएको छ ।

घरका सबै सदस्य माघी मनाउन गाँउस्थित घरमा गएको समयमा मंगलबार राति चोरी भएको पाइएको छ । प्रहरीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *