२०७७ मङ्सिर ११ गते बिहिवार

रिहार मेलामा ढुङ्गो बोक्ने होडवाजी (भिडियो सहित)

शिवु खनाल,
लमही,माघ २ । दाङको चर्चित धार्मिक एउटा धाम रिहारमा माघे संक्रान्तिका दिन यहाँ ढुङ्गो उचाल्नेहरुको हाडेवाजी लाग्ने गर्छ ।

माघीका दिन यहाँ लागेको मेलामा यसपाली पनि त्यस्तै होडवाजी देखिएको थियो । यो प्रचलन बषौंदेखि चल्दै आएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित रिहार मेलामा तिर्थालुहरूको बगार बाबा ढुङ्गो उचाल्न सक्नेहरु बीर र सफल व्यक्तिका रुपमा दरिन्छन् भन्ने विश्वास रहँदै आएको छ ।

यहाँ रहेको यो ढुङ्गो बोकेर बगार बाबा मन्दिरको परिक्रर्मा गर्न सक्ने हो भने इच्छाएको कुरा पुरा हुन्छ भन्ने मत रहेको लमही नगरपालिका वडा नं. ८ सतवरिया निवासी सुरज चौधरीले बताए । यो सहित ६ पटक आफुले त्यही विश्वासले ढुङ्गो बोकेर मन्दिरको परिक्रर्मा गरेको उनले जानकारी दिए । बगार बाबा मन्दिर परिशरमा रहेको यो ढुङ्गो ६५ किलो रहेको छ ।

यहाँ आउने प्राय सबै भक्तजनहरुले एक पटक त्यही आस्थाले गर्दा यो ढुङ्गो काँधमा बोक्ने प्रयास गर्ने गर्छन । अधिकाँस भारतीय तीर्थ यात्रुहरुको भिड रहने रिहार मेलामा उनीहरुले पनि यो ढुङ्गो काँधमा बोकेर मन्दिर परिकर्मा गर्ने गर्छन ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *