दाङ, माघ २ ।
२१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तुलसीपुरमा प्रभात फेरि गरिएको छ । तुलसीपुर नगर जेसिजको आयोजनामा कार्यक्रम भएको हो । उपमहानगरपालिकाको कार्यालय बाट सुरु भएको ¥यालीले बजार परिकर्मा पछि पुनः उपमहानगरपालिकाको कार्यालय मै आएर ¥यालीको समापन गरेको थियो । ¥यालीमा तुलसीपुर क्षेत्रका विद्यालय, सर्वसाधारण तथा प्रहरी प्रशासनको पनि सहभागिता थियो ।
त्यसक्रममा भुकम्पबाट कसरी बच्न सकिन्छ भन्ने सवालमा उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले जानकारी दिनु भएको थियो ।
नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पान्डेको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । जेसि दामोदर न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव मोहन सुनारले गरेको तुलसीपुर नगरजेसिजका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् ।