२०८३ कार्तिक ११ गते मङ्गलवार

शिक्षक र बिद्यार्थीलाई कोरोना पुष्टि भएपछि अश्वारा माबि एक हप्तालाई बन्द गरियो

तुलसीपुरमा ३ दिनमा २५ जनामा संक्रमण पुष्टि

तुलसीपुर, पुुस २१ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को आश्वारा माबि एक हप्ता दिनका लागि बन्द गरिएको छ ।बिद्यालयका शिक्षक र बिद्यार्थीमा कोरोना संक्रमन पुष्टि भएपछि बिद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।

तुलसीपुर मेट्रो अस्पतालमा मंगलबार गरिएको आरटी एन्टीजेन्ट बिधिबाट परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै बिद्यालयका सुस्तश्रवन भएका बिद्यार्थी र शिक्षक समेत गरि ८ जनामा संक्रमन पुष्टि भएको थियो ।

मंगलबार सम्पर्कमा आएका थप १०६ जनाको परिक्षण गर्दा थप ११ जनामा संक्रमन पुष्टि भएको हो । तुलसीपुर उपहानगरपालिका जन स्वास्थ्य प्रवद्र्धन शाखाका फोकल पर्सन बिमल केसीले मंगलबार थप ४ शिक्षक, ६ बिद्यार्थी र १ जना व्यापारी समेत गरी ११ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनीहरु १४ वर्षका विद्यार्थीदेखि ५४ वर्षका शिक्षकहरु रहेका छन् । संक्रमित हुनेहरुमा तुलसीपुर ६ का २ जना, वडा नं. ८ का ४ जना, वडा नं. ५ का २ जना, वडा नं. ३ का २ जना, पडा नं. नं ७ का १ जना रहेका छन । संक्रमित मध्य सबैमा सामान्ने लक्षणहरु मात्रै देखिएको छ ।

शिक्षक र बिद्यार्थीमा संक्रमन पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठन पाठन बन्द गरिएको छ । उनीहरुमा देखिएको संक्रमण पुरानै भेरियन्ट हो कि ? नयाँ हो ? भन्ने बारेमा परिक्षण हुन बाँकी नै रहेको छ ।

दाङको तुलसीपुर क्षेत्रमा शून्य अवस्थामा झरेको कोरोना संक्रमनको दर फेरि बढ्न थालेपछि सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् । यहाँ तीन दिनको अबधिका २५ जना संक्रमित फेला परेका छन् ।

३ दिनमा पहिचान भएका २५ संक्रमित मध्य २ जनालाई अस्पतालमा भर्ना गरिएको फोकल पर्सन केसीले बताए । पछिल्लो समयमा कोरोना संक्रमित कर्मचारी , शिक्षक ,विद्यार्थी मध्य कतिपय घरमै बसेका व्यक्तिहरु रहेका छन् । केही बाहिर जिल्ललाको भ्रमण गरेका तथा इन्डिया बाट आएका व्यक्तिहरु समेत रहेको फोकल पर्सन केसीले बताए ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *