२०८१ भाद्र २६ गते बुधवार

माघी रौनक : तुलसीपुरमा तरुलको व्यापार (फोटो फिचर)

राजेश खत्री,
दाङ, पुस  ३० ।
माघी पर्वमा तरुल,सखरखण्ड उसिनेर खाने चलन छ । माघी पर्वमा तरुल, सखरखण्ड लगायतका कन्दमुल खाने चलन परम्परागत देखि चल्दै आएको हो । माघी पर्वको आगमन संगै बजारमा तरुल र गन्जि (सखरखण्ड) को व्यापार ह्वात्तै वढेको छ । बजारमा अघिपछि फाट्फुट्ट रुपमा मात्रै देखिने तरुल लगायतका कृषि जन्य उत्पादन कन्दमुलहरुको व्यापार माघीका अवसरमा भने धेरै हुने गरेको छ ।

दाङको तुलसीपुर बजारमा पनि माघे सक्रान्तिको पुर्व सन्ध्यामा तरुल,सखरखण्ड किनमेल गर्नेको घुइचो बढेको छ । तुलसीपुरका प्रत्यक चोक चोकमा ब्यापारीहरु बेच्न बसेको देखिन्छ । प्रत्यक चोक चोकमा तरुल सखारखण्डको मुल्य भने फरक फरक रहेको छ ।

तरुलको मुल्य प्रति केजी सय देखि तिन सय सम्ममा पाइन्छ भने सखरखण्डको मुल्य प्रति केजी असी देखि दुइ सय सम्ममा पाइन्छ ।

सल्यान, दाङको देउखुरी लगाएतका ठाउबाट तरुल, सखरखण्ड ब्यापारीले ल्याएर बेच्ने गरेको छन ।

हेर्नुहोस फोटो

 

 

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *