
शिवु खनाल,
देउखुरी, २९ पुस। लमहीमा काठ सहित पाँच वटा टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर स्थित गए राति प्रहरीले पक्राउ गरेको छ ।
लु ३ त १६७०, रा१ त ३२२०, ना६ ख ३१२७,रा ४ प ३५९२, ना६ ख ९१२७ नम्बरको टेक्टर प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दरपिट नगरेकाे र समुहमा रकम जम्मा नगरेकाे वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।प्रहरीका अनुसार वन एन अन्तरगत कार्वाहीकाे लागि जिल्ला वन कार्यालयमा पठाउने निर्णय गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार