२०८२ पुष ३० गते बुधवार

अब देखि यी सेवामा हड्ताल गर्न नपाइने

काठमाडौं, पुष ४।अबदेखि २५ आवश्यक सेवामा हड्ताल गर्न नपाइने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीमा २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको हो ।

सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले अत्यावश्यक सेवाको स्थानमा आवश्यक सेवा उल्लेख गर्दै सबै किसिमको हड्ताल गर्न निषेध गरेको हो ।

आवश्यक सेवामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हाई हड्डा वा हवाई जहाजको देखभाल, हवाई ग्राउण्ड, रेल्वे स्टेशन, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर–सामानको उत्पादन गर्ने, थन्क्याउने, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट, पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेसन् सेवा जस्ता सेवा), औषधी निर्माण तथा बिक्री वितरण सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभायैग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्क सम्बन्धी सवा, ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवा अत्यावश्यक सेवाको सूचीमा परेका छन् ।

केहि दिन अघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले २५ विषयलाई बन्द हड्ताल गर्न नहुने सूचीमा समावेश गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *