२०८१ बैशाख ७ गते शुक्रवार

५ लाख ६० हजारको साईकल वितरण (भिडियो सहित)

यमकला – राजेश,
गढवा,पुस २७ । क्रियटिङ् पोसिबिलिटिज नेपालले दाङको देउखुरी क्षेत्रका पुर्व मक्त कमैया,कमलरी,गरिब,बिपन्नका छोरा छोरीहरुलाई साईकल वितरण गरेको छ । थारुहरुको महान पर्व माघीको उपलक्ष्यमा शुक्रबार गढवा गाउपालिका वडा नं ५ बाँकीमा ७० थान साईकल वितरण गरिएको हो ।

क्रियटिङ् पोसिविलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले ५ लाख ६० हजार बरावर मुल्यको साईकल वितरण गरिएको जानकारी दिए ।

क्यानडा र नेदरल्याण्डको सहयोगमा विगत ५ वर्षदेखि देउखुरी क्षेत्रका मुक्त कमलहरी तथा विपन्न वर्गका परिवारहरुका लागि यस्तो सहयोग गर्दै आएको सापकोटाले बताए । उनले ५ बर्षको अवधिमा ४ सय ९६ थान साईकल वितरण गरेको सापकोटाले जानकारी दिएका छन् ।

विद्यालय जाने बालबालिकालाई प्रोत्साहान गर्न साइकल बितरण गरिएको सापकोटाले बताए । चौधरी जातिमा टाउकोमा भारी बोक्ने प्रचलन रहेको हुँदा साईकल हुँदा कुटनी पिसनी लगाएतका घरायसी काममा समेत साईकल प्रयोग गर्न सकुन भन्ने उद्देश्यले साईकल उपहार स्वरुप निशुल्क प्रदान गरिएको सापकोटाले बताए ।

उक्त सस्थाले विगत १० वर्ष अघिदेखि देउखुरीका विभिन्न क्षेत्रमा मुक्त कमलहरी क्षेत्रमा काम गर्दे आएको कार्यक्रममा जानकारी दिइएको छ ।

साईकल उपहार पाउँदा खुसी

जनज्वती मावि मटेरीयामा कक्षा ६ मा अध्यनरत अर्मिता कुमाल नयाँ साईकल उपहार पाउँदा निकै खुसी थिइन ।

उनले आइतवार देखि अरु साथिहरु जस्तै गरि नयाँ साईकल चढेर विद्यालय पढ्न जाने रहर पुरा हुने थालेको भन्दै खुसी साटिन ।

‘पहिले पैदल हिडेर स्कुल जानुपथ्यो,धेरै समय लाग्दथ्यो,तर अब साइकल चढेर सरर जान पाउने भए ।’ कुमालले खुसी साटिन । परिवारको कमजोर आर्थिक अवस्थाले गर्दा आफुले यसअघि साईकल किन्न नसकेको उनले बताइन ।

जनता मावी गढमा कक्षा ६ मा पढ्ने पुनम चौधरीले पनि साईकल उपहार पाउँदा ज्यादै खुसी लागेको बताइन । साइकलको प्रयोगले विद्यालय जान ,आउन र मेलापात गर्न पनि सहजिलो हुने उनको कथन थियो ।

त्यस्तै सम्झना आमा समुहकी सदस्य सुमित्रा गुप्ता पनि नयाँ साईकल उपहार पाउँदा दंग थिइन । ‘ म अब भोलिदेखि नै साईकल चढेर काममा जान पाउने भए,’ उनले खुसी साटिन ।

२१औं सताव्दीमा चेलीहरु बेचिनु विडम्वना – अध्यक्ष यादव

क्रियटिङ् पोसिबिलिटीज नेपालका अध्यक्ष किरण मान्धरको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले २१आंै शताब्दीमा आउदाँ पनि थारु चेलीहरु बेचीनु बिडम्बना भएको बताए । ‘ अब सबै समुदायका अगुवाहरु एकजुट हुनुपर्छ,चेली बेटी बेचबिखन गर्ने कुप्रथाको अन्त्य हामी सबैले मनैदेखि गर्नुपर्छ ।’ अध्यक्ष यादवले भने ।

उक्त कार्यक्रमलाई लायन्स संस्थाका सयोजंक मानबहादुर क्षेत्री,विद्यार्थी सुस्मा चौधरी लगाएतले मन्तव्य सम्वोधन गरेका थिए । पुर्व कमलहरी विद्यार्थी सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी महिला संयोजक सिरता चौधरीले गरेकी थिइन ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *