२०८१ माघ ९ गते बुधवार

 नेपालगन्ज उपमहानगरले दियो पृथ्वी जयन्तीमा सार्वजनिक बिदा 

पुस २६। पृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिमा ‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने जनाइएको छ।

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *