२०८३ असार २७ गते शनिवार

कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार टुंग्याउन दुवै पक्ष आन्तरिक छलफलमा

काठमाण्डौ,मंसिर २२ । सभापतिसहित पदाधिकारीको उम्मेदवार चयन गर्न कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन ।

संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा। प्रकाशशरण महत, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकले दावी गरेका छन् । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फका पदमा आकांक्षीको संख्या धेरै छ ।

यस्तै सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पनि बस्दैछ । पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ ।

महामन्त्री डा। शशांक कोइरालाले भने सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन । पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागेको छैन ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *