२०८२ चैत्र ३ गते मङ्गलवार

कांग्रेस सहमहामन्त्रीमा जीवन परियारको उम्मेदवारी घोषणा

काठमाण्डौ,मंसिर २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १(१ जना सहमहामन्त्री चुन्ने व्यवस्था गरेको छ ।

केन्द्रीय सदस्य परियारले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट उम्मेदवार बन्न लागेका हुन् । संविधान सभा सदस्य रहेका उनी १२ औ महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *