२०८२ फाल्गुन २१ गते बिहिवार

हिमाली क्षेत्रका बालबालिकालाई खोप

काठमाडौं,मंसिर २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने भएको छ । १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले नेपाल आएको एक लाख ८५ हजार डोज मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने जानकारी दिए । उनले हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले यसअघि पनि अमेरिकाकै खोप फाइजर पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो । सुरुमा अस्पतालमा रहेका दीर्घरोगीलाई दिइने भने पनि दीर्घरोगीबाट लगाएर बाँकी रहेको खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाइएको थियो ।

खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय भएको जानकारी दिँदै दाहालले मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिइन लागेको बताए ।

मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ । नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *