२०८३ असार २७ गते शनिवार

उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा

काठमाडौँ,मंसिर १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए।

उनले कांग्रेर वैचारिक हिसाबले विचारशून्य बन्दै गएको, सैद्धान्तिक-वैचारिक छलफल हुन छोडेको बताए। ‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम-वैचारिक छलफल हुन छोड्यो,’ पूर्वमन्त्री आचार्यले भने।

उनले त्यस्तो वैचारिक हिसाबले कांग्रेसलाई अगाडि बढाउने सभापति कोरु भन्ने प्रश्नमा भने, ‘सभापति जो भए पनि म उहाँलाई कन्भिन्स गरेर अघि बढ्छु।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *