२०८१ बैशाख १२ गते बुधवार

घोराही कारागारका एक थुनुवाको मृत्यु

दाङ, पुस २६ ।
दाङमा एकजना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । थुनुवा बगंलाचुली गाउँपालिका वडा नं. ६ निवासी ५५ बर्षीय तिलबहादुर महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महरा जवरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि घोराही कारागारमा थुनामा थिए । महरालाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या थियो । बुधवार दिउँसो चार बजेतिर गम्भीर अवस्था देखिएपछि उनलाई अस्पताल लगिपछि त्यसको तीन घन्टापछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *