२०८३ असार २७ गते शनिवार

कांग्रेसकाे १६ जिल्लाकाे अधिवेशन स्थगित

काठमाण्डौ,मंसिर १६ । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *