२०८३ मङ्सिर ९ गते मङ्गलवार

एमाले अध्यक्षमा ओली विजयी, रावल ठूलो मतान्तरले पराजित

काठमाण्डौ,मंसिर १४ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गरेका छन भने भने रावलले दुई सय १३ मत ल्याएका हुन ।

अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराएका हुन ।


ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए ।

दशौँ महाधिवेशनमा पदाधिकारीका लागि भएको मतदानको गणना भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *