राजेश खत्री,
दाङ, पुस २५ ।
थारू जातिको महान् पर्व माघी आउन अब हप्ता दिन मात्रै बाँकी छ । त्यसको पूर्व संन्ध्यामा बुधवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जवरपुरमा क्षेत्र स्तरीय माघी विशेष सांस्कृतिक महोत्सब आयोजना गरिएको थियो । थारु जातिले माघी कै दिनदेखि बार्षिक कार्य योजना तय गर्छन । घर निर्माण गर्ने, घर छुट्टिने, के काम गर्ने वा नगर्ने जस्ता योजनाहरु उनीहरु यही माघी कै अवसरमा गर्ने गर्छन । माघी कै अवसरमा उनहिरु गाउँ र घरको समेत अगुवा चुन्ने गर्छन । धर्ती पुत्र मानिने थारु जाती यो पर्वलाई नयाँ बर्षको रुपमा समेत मनाउँदै आएका छन् । मौलिक कला र संस्कृतिको धनी थारु जातिमा माघीको अवसरमा गाइने माघर गीतको आफ्नै महत्व छ ।
माघीको अवसरमा खाइने ‘गुरी गुरी’ जाँड तथा अन्य परिकारको पनि बेग्लै महत्व छ । पर्वकै बाहानामा महिना दिन सम्म जाँड रक्सी खाएर मतानी गलत प्रवृती पनि छ । त्यो प्रवृति अव विस्तारै गलत हो भन्ने बुझाई बन्दै गएको छ । पछिल्लो समय त्यो प्रवृति अन्य जातजातिका मानिसहरुले पनि सिको गरेका छन् । त्यो सामाजिक विकृतिका विरुद्धमा भने आवाज उठाउन आवश्यक छ ।
नमुना भुह्यांर थान तुलसीपुर ५ जवरपुरमा आयोजित महोत्सवका बक्ताहरुले त्यही मनतव्य व्यक्त गरेका थिए । त्यसका अलावा उक्त अवसरमा थारु कला संस्कृति झल्किने भेष भुषा,बाजागाजा, झाँकीसहित र्याली पनि निकालिएको थियो । र्यालीले तुलसीपुर बजारको परिक्रर्मा गरेको थियो । ‘थारु संस्कृति हमार पहिचान भुह्यांर ठन्ह्वा बचैना हमार अभियान’ भन्ने सन्देशसहित आयोजित महोत्सबमा विभिन्न गाउँका ४० बढी नृत्यपनि प्रस्तुत गरिएका थिए । उक्त महोत्सबका थप केही झलकहरु यस्ता थिए