दाङ, मंसिर १३ । दंगाली नेता शंकर पोखरेल नेकपा (एमाले)को महासचिवमा प्रस्ताबित गरिएका छन् । जस्ले गर्दा पोखरेल एमाले महासचिब बन्ने निश्चित भएको छ ।
पार्टी भित्र अध्यक्ष पछि महासचिव दोस्रो शक्तिशाली पद मानिन्छ ।
पोखरेको नाम महासचिवमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आँफै प्रस्ताब गरेका हुन ।
ओलीले आफ्नो उत्तराधिकारीको रुपमा ओलीलाई अगाडि बढाउन चाहेको यसबाट स्पष्ट भएको छ ।
बौद्धिक नेताको छवी बनाएका पोखरेल जनताको बहुदलीय जनवादको व्याख्याताको रूपमासमेत परिचित छन् ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका पोखरेल दाङको निर्वाचिन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन ।
जतिखेर माओबादी संग मिलेर एमाले चुनाबमा गएको थियो ।
जस अनुसार निर्वाचन क्षेत्र नं. २ मा माओबादीका कृष्णबहादुर महरा निर्वाचित भएका हुन ।
एमाले महासचिव पोखरेल २०५१ मा पहिलो पटक दाङबाट निर्वाचित भएका थिए । त्यसपछि पोखरेल दाङबाटै २०५६ सालमा पराजित भए ।
२०६४ सालमा पोखरेल समानुपातिक तर्फबाट सभासद बनेका थिए।
फेरि पोखरेल २०७० सालमा दाङबाटै पाराजित भएका थिए।
लुम्बिनीको मुख्यमन्त्री भएको समयमा पार्टीमा खलल उत्पन्न हुँदा र प्रधानमन्त्रीका रुपमा ओली चरम अल्पमतमा रहँदा पोखरेल काठमाडौं पुगेर ओलीलाई सघाउँदै आएका नेता हुन ।
पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र हुन ।
त्यही कारण बुटवलबाट प्रतिनिधित्व गर्ने विष्णु पौडेललाई पछि पार्दै पोखरेल महासचिव बन्न सफल भएको बिश्लेशन हुन थालेको छ । पौडेल यतिखेर उपाध्यक्ष बनाइएका छन् ।
पौडेल एमाले र माओबादी केन्द्रको एकताका क्रममा पनि पार्टीको महासचिव थिए।
अहिले महासचिवमा प्रस्ताब गरिएका शंकर पोखरेल नवौं महाधिवेशनमा उपमहासचिव पराजित भएका थिए ।