दाङ, पुस २५ । ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठान जिल्लाको नौबहीनी गाउँपालिका स्याउलीवाङ निवासी २२ बर्षीय राम बुढा मगरको ट्याक्टर दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार मंगलवार बेलुका साढे ८ बजेरित दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुरको सवारीकोट भन्ने स्थानवाट दाउरा लोडगरेर आउँदै गरेको रा १ त १२४५ नं.को ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक बुढा मगरको मृत्यु भएको थियो । मृतकको शव पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार