दाङ, मंसिर ९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँके क्षेत्र नम्बर २ मा शुक्रबार मतदान हुने भएको छ । जिल्ला बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा बिहीबार तय भएको मतदान प्राविधिक कारणले स्थगित भएको जानकारी दिइएको छ ।
क्षेत्र नम्बर १ र ३ मा भने बिहीबार नै मतदान भएको छ ।
क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीले बिहान ९ः३० बजेबाट सुरु भएको मतदान बेलुकी ५ः३० बजेसम्म चलेको जानकारी दिए ।
कुल ६ सय ५ जना मतदाता रहेकोमा ६ सय १ मत खसेको छ । मत गणना शुक्रबार बिहान ८ बजेदेखि कोहलपुरस्ति भेरी सित भण्डारमा मतगणना गर्ने सहमति भएको छ ।
त्यस्तै बाँके क्षेत्र नम्बर ३ मा भने मतगणना सुरु भइसकेको छ । मतदान अधिकृत बिरेन्द्र यादवले क्षेत्रीय सभापति, क्षेत्रीय कार्यसमिति (समानुपातिक) र महाधिवेशन प्रतिनिधि (समानुपातिक)मा बुधबार नै निर्विरोध भइसकेको बताए ।
बिहीबार क्षेत्रीय सचिव, सहसचिव, क्षेत्रीय कार्यसमिति (खुल्ला तर्फ र महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ मात्र मतदान भएको होे । ती स्थानमा बिहीबार बिहान ११ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । यहाँ कुल ४ सय ३६ मतदाता मध्ये ४ सय ३५ मत खसेको थियो ।
