२०८३ मङ्सिर ९ गते मङ्गलवार

दाङ काँग्रेसमा संस्थापन इतरबाट शंकर डाँगी सभापतिका एक्ला उम्मेदवार

तुलसीपुर, मंसिर ९ । नेपाली काँग्रेसको १४औं जिल्ला अधिबेशनमा संस्थापन इतरबाट जिल्ला सचिव शंकर डाँगी जिल्ला सभापतिको उम्मेदवार बनाइएका छन् ।

बिहीबार बेलुकी काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, प्रदेश सभापति अभियान बस्नेत, नेताहरु बीरेकेश्वरी गौतम, खगराज पाण्डे, भोजराज पाण्डेसहितका नेताहरुको छलफलले जिल्ला सभापतिमा शंकर डाँगीलाई एकल रुपमा उम्मेदवार बनाउने सहमति कायम गरेको हो ।

बैठकमा सहभागि काँग्रेस महाधिबेशन प्रतिनिधि बिमल रिजालले घोराहीमा केन्द्री सदस्य गिरीको उपस्थितिमा भएको नेताहरुको छलफलले जिल्ला सचिव डाँगीलाई प्यानलका तर्फबाट उम्मेदवार बनाउने सहमति कायम गरेको फरककोणलाई बताए । यसअघि संस्थापन इतरबाट नेताहरु खगराज पाण्डे र कमल किशोर घिमिरेले पनि सभापति पदमा दाबी गरेको हुँदा नेताहरु संगको छलफल पछि शंकर डाँगीको नाममा सहमति कायम भएको हो ।

मास्टर्स सम्म अध्यन पुरा गरेका जिल्ला सचिव डाँगी बिद्यार्थी राजनीति हुँदै लामो समय काँग्रेस राजनीतिमा क्रियासिल छन् । उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीका पूर्व स्ववियु सभापति पनि हुन । उनले घोराहीको एक नीजि क्याम्पसमा पार्ट टाइम अध्यापन पनि गर्ने गर्छन ।
डाँगी युवादेखि अग्रज नेता कार्यकर्ताका बीचमा लोकप्रिय छन् ।

संस्थापनको तर्फबाट भने नेताहरु भूपबहादुर डाँगी, जानकी लाल बस्नेत र पूर्व जिल्ला सभापति गेहेन्द्र गिरीले सभापतिमा आकाँक्षा ब्यक्त गरेका छन् । संस्थापन पक्षबाट पनि यी मध्य एकजनाको नाममा सहमति जुटाउन प्रयास भइरहेको स्रोतले बताएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरग मंसिर १० गते मनोनयत दर्ता र मंसिर ११ गते नेतृत्व चुन्न मतदानको समय तालिका सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *