२०८३ भाद्र ११ गते बिहिवार

राप्रपामा नेता लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाण्डौ,मंसिर ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।


काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

उनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गरे ।

आउँदो १५ गतेदेखि १७ गतेसम्म राप्रपाको महाधिवेशन काठमाण्डौमा हुँदैछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *