२०८१ बैशाख २१ गते शुक्रवार

जगतबहादुर खड्काले १२७ मतान्तरले सुरेन्द्र खड्कालाई पराजित गरे

दाङ क्षेत्र नं. ३ को सभापतिमा खड्का निर्वाचित

तस्विर ः शरद रेग्मीको फेसबुकबाट ।

तुलसीपुर,मंसिर ८। नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् ।

यहाँ संस्थापन इतरका खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेश्रोे जित हो ।


निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । खड्काले सुरेन्द्र खड्का भन्दा १ सय २७ मत बढी प्राप्त गरेका छन । त्यस्तै एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।

त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पुर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरि निर्वाचित भएका छन । उनीहरुका प्रतिस्पर्धीहरु रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए ।

त्यस्तै सह–सचिब पदमा भिमकान्त भट्राईले ४ सय ४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनीहरुका प्रतिस्पर्धी भुपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलिले २ सय ६४ मत प्राप्त गरेका थिए ।

दाङको निर्वाचन क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदाता मध्य ८ सय ४४ जनाले मतदान गरेका थिए । ३ जना भने मतदानमा अनुपस्थित भएका थिए ।

यो पनि…

दाङ क्षेत्र नं. ३ मा काँग्रेस भित्र फेरि, जगत हाँक्न तम्सिएका ६६ बर्षीय जगत

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *