२०८१ बैशाख २१ गते शुक्रवार

अनुराग खड्का सबै भन्दा बढी मत प्राप्त गरि केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित भए

तस्बिर – राजेश खत्री

दाङ,मंसिर ८ । नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा अनुराग खड्काका केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।


बुधबार दिउँसो प्राप्त नतिजा अनुसार २८ बर्षीय अनुरागले दाङको निर्वाचन क्षेत्र नं. १ बाट खुल्ला (प्रत्यक्ष) तर्फबाट २१ प्रतिस्पर्धी मध्य सबै भन्दा बढी ४९७ मत प्राप्त गरि निर्वाचित भएका हुन । मंगलबार भएको निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं। १ मा कुल ६९४ मतदाता मध्य ६८५ जनाले मत खसेको थियो ।


अनुराग दाङबाट नेपाली काँग्रेसको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुने सबैभन्दा कम उमेरका युवा नेता हुन । यसअघि खड्का आफ्नो वडाबाट सर्वसम्मत रुपमा वडा क्षेत्रीय प्रतिनिधिमा चयन भएका थिए ।

पूर्व गृहमन्त्री खुमबहादुर छोरा अनुरागले जित पछि प्रतिक्रिया दिदै आफुले प्राप्त गरेको मत आफ्नो नभई बुवाको भएको बताए । आफ्नो बुवा प्रति मतदाताले उच्च सम्मान गर्ने भएकै कारण आफुले सबै भन्दा बढी मत प्राप्त गर्न सफल भएको अनुरागले बताए ।


राजनीतिक रुपमा आफु बुवाकै बाटोमा हिडेको हुँदा त्यसैको सम्मान स्वरुप मतदाताले आफुलाई सम्मान ब्यक्त गरेको अनुरागले बताए । मतदातालाई धन्यबाद दिदै उनले भविस्यमा पनि यस्तै साथ सहयोग गर्ने आग्रह पनि गरे ।


दाङ निर्वाचन क्षेत्र नं। १ नेता खुमबहादुरको गृह नगरको हो । अनुरागको घर लमही नगरपालिका वडा नं. ८ को गोझेनी भन्ने गाउँमा पर्छ ।
सशस्त्र द्धन्दको समयमा माओबादीले खड्काको सतबरियास्थित घर बम हानेर ध्वस्त पारि दिएका थिए ।

राजनीति गर्नकै लागि गत बर्ष मात्रै अनुरागले गोझेनीमा माओबादीले भत्काई दिएको घर पुनः निर्माण गरेका थिए । सक्रिय राजनीति गर्नकै लागि आफुले माओबादीले भत्काई दिएको घर पुनः निर्माण गरेको उनले उतिखेरै बताउने गरेका थिए ।


अनुरागले अब नेता तथा आफ्ना मतदाता संग परामर्ष गरि महासमिति सदस्यमा उठ्ने बारे निर्णय गर्ने योजना बताए । त्यसमा पनि सफलता मिले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले चाहाना ब्यक्त गरे ।

अनुरागकी आमा शिला गौतम खड्कापनि नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुन । आफ्नो पालामा खुमबहादुर खड्का पनि सबै भन्दा कान्छो उमेरमा पार्टीको केन्द्रीयमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *